Information is intelligence
HomePoliticsप्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

- Advertisement -spot_img

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्दछ भनेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु