Information is intelligence
HomeEducationशिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

- Advertisement -spot_img

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले शिक्षा सेवा शुल्कवापत रकम बुझाउँदै आएका छन् । नेपाल सरकारले आव २०७८/७९ को बजेटमा विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क बुझाइसकेका तर विविध कारणबाट यात्रा नगरेका विद्यार्थीको हकमा उनीहरुले शिक्षा सेवा शुल्कवापत बुझाएको रकम फिर्ता पाउने घोषणा गरेको छ । आगामी साउन १ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा आउन लागेकामा आफूहरु खुशी भएको इक्यानका महासचिव दीपकराज भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु