Information is intelligence
HomePoliticsअब एमाले सशक्त विपक्षी दल : खिमलाल भट्टराई

अब एमाले सशक्त विपक्षी दल : खिमलाल भट्टराई

- Advertisement -spot_img

राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक रहेका सांसद खिमलाल भट्टराईले अबदेखि आफ्नो पार्टी (एमाले) संसदमा सशक्त विपक्षी दल भएको बताएका छन्।

आफ्ना अध्यक्ष केपी शर्मा ओली सत्ताबाट हटेको भोलिपल्ट बुधबार बिहान उनले अब एमाले संसदमा सशक्त विपक्षीको भूमिकामा रहने बताएका हुन्।

‘यसले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोधको रचनात्मक भूमिका निर्वाह गर्नेछ,’ एमाले नेता भट्टराईंले भनेका छन्, ‘यद्यपि सरकारले मुलुकको सामु रहेका कार्यभारहरूको उचित सम्पादन गर्न सकोस् भन्ने यसको अपेक्षा छ।’

यस क्रममा नेता भट्टराईले विपक्षी हुनुको नाताले सरकारले लिने विश्वासको मतको विपक्षमा उभिने बताएका छन्। यसैले अबदेखि सरकारलाई विश्वासको मत दिने सांसद एमाले नेता नहुने चेतावनी पनि उनले दिएका छन्।

‘स्वभाविक रूपमा एमाले प्रमुख विपक्षी हुनुको नाताले सरकारले लिने विश्वासको मतको विपक्षमा उभिनेछ र उभिनुपर्दछ,’ भट्टराईले भनेका छन्, ‘र, यसको पक्षमा उभिनेहरू एमाले हुन सक्दैनन् र विपक्षी दलको भूमिका पनि खेल्न सक्दैनन्।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु