Information is intelligence
HomeNewsपाँच विद्यार्थी संगठनद्वारा आयल निगमको वागमती प्रादेशिक कार्यालय घेराउ

पाँच विद्यार्थी संगठनद्वारा आयल निगमको वागमती प्रादेशिक कार्यालय घेराउ

- Advertisement -spot_img

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नगरिएको भन्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले बुधबारदेखि देशभरका पेट्रोलपम्प, ढुवानी ट्याङ्कर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन्।

नेपाल आयल निगमको थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि पाँच विद्यार्थी संगठनको केन्द्रीय नेतृत्वले धर्ना दिएको हो। पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन्।

गत आसार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीचको वार्ता विफल भएपछि दोस्रो चरणको आन्दोलन शुरू भएको अनेरास्ववियू (क्रान्तिकारी )का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरूद्धको आन्दोलनमा नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं ) छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु