Information is intelligence
HomePoliticsपूर्वप्रधानमन्त्री ओली बालुवाटार छोड्दै, युवा संघले ‘स्कर्टिङ’ गर्ने

पूर्वप्रधानमन्त्री ओली बालुवाटार छोड्दै, युवा संघले ‘स्कर्टिङ’ गर्ने

- Advertisement -spot_img

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोडेर निजी निवास बालकोट जाने भएका छन् ।पूर्वप्रधानमन्त्री ओली आज बिहान ११ बजे पछि बालुवाटारबाट बालकोट सर्ने भएका हुन् ।

उनलाई युवा संघ नेपालका युवाहरुले २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टीङ गर्ने तयारी रहेको नेता महेश बस्नेतले जानकारी दिए ।

हिजो तयारी नपुगेका कारण आज ओलीले सरकारी क्वार्टर छाड्न लागेका हुन् । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा विघटन बदर गरेसँगै नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि ओली पदमुक्त भएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु