Information is intelligence
HomeSportsडोनारुम्मा पीएसजीमा अनुबन्धित

डोनारुम्मा पीएसजीमा अनुबन्धित

- Advertisement -spot_img

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालीका गोलरक्षक जियानलुगी डोनारुमालाई बिहीबार अनुबन्धित गरेको छ । फ्री ट्रान्सफरमा उपलब्ध भएका उनले पाँच वर्षको अनुबन्धन गरेका हुन् ।

इटालीयन क्लब एसी मिलानबाट ५ वर्ष खेलेपछि उनको सम्झौता जुन ३० बाट सकिएको थियो । त्यसपछि उनले सम्झौता नवीकरण गरेनन् । १६ वर्षको उमेरमै मिलानबा लागि डेब्यु गरेका उनले त्यहाँ रहँदा २५१ खेल खेलेका छन् ।

इटलीले युरो २०२० को उपाधि जित्दा महत्वपूर्ण सदस्य रहेका डोनारुम्माले फाइनलमा इंग्ल्याण्डविरुद्ध दुई पेनाल्टी रोकेका थिए । डोनारुम्माले युरोमा ७१९ मिनेट खेल्दै तीन क्लिन सिट राखेका थिए । उनले युरोमा ४ गोल बेहार्दा ९ सेभ गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु