Information is intelligence
HomeSportsमेस्सी बार्सिलोनामै बस्ने

मेस्सी बार्सिलोनामै बस्ने

- Advertisement -spot_img

 लियोनल मेसी सन् २०२६ सम्मका लागि बार्सिलोनामै रहन सहमत भएका छन् । यसअघि उनले क्लबबाट लिँदै आएको पारिश्रमिकको आधामै उनी नयाँ अनुबन्ध गर्न तयार भएका हुन् ।

गत जुन ३० मा मेसी र बार्सिलोनाबीचको अनुबन्ध समाप्त भएको थियो र उनी बिना कुनै मूल्य अन्य क्लब जान सक्ने भएका थिए ।

क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् र यसक्रममा १० ला लिगा, चार युरोपेली च्याम्पियन्स लिग र सात कोपा डेल रे जितेका छन् । यस्तै उनले कीर्तिमानी ६ पल्ट बालोन डीअर पनि जितिसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु