Information is intelligence
HomeInternationalस्पेनमा लगाएको लकडाउन असंवैधानिक भएको उच्च अदालतको घोषणा

स्पेनमा लगाएको लकडाउन असंवैधानिक भएको उच्च अदालतको घोषणा

- Advertisement -spot_img

स्पेनको उच्च अदालतले गत वर्ष कोरोना भाइरसको महामारीका कारण लगाएको कडा लकडाउन असंवैधानिक भएको घोषणा गरेको छ ।

लकडाउन उल्लंघन गरेका कारण मानिसहरुलाई लगाइएको जरिवाना फिर्ताका लागि पुनःदाबी गर्न सक्ने आधार अदालतको फैसलाले दिएको छ ।

तर लकडाउनका कारण पैसा गुमाएको भन्दै कुनै व्यक्ति वा कम्पनीले मुद्दा दायर गरेमा स्वीकार नगर्ने अदालतले जनाएको छ ।

स्पेनमा गत वर्ष पहिलो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न संकटकाल घोषणा गरिएको थियो । तत्कालिन समयमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च गतिमा बढेको थियो ।

अस्पतालमा विरामीलाई उपचार गर्ने ठाउँ अभाव भइसकेका थियो । स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ८१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु