Information is intelligence
HomeNewsसवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

- Advertisement -spot_img

वीरगन्ज : बारामा बुधबार राति भएको सवारी दुर्घटनामा पर्सा जिल्ला घर भएका एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। बाराको महागढी नगरपालिका २ स्थित भुतही पुल नजिक बुधबार राति सवा नौ बजे प्रदेश २–०३–००१ ख.०७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भइ रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेशकुमार राउतको घटनास्थलमै मृत्यु भएको हो।

रौतहट सन्तपुर स्थित प्रहरी कार्यालयबाट बुधबार राति मोटरसाइकलमा आफ्नो घर फर्किंदै गरेका बेला राउत सवार रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो।

मृतकको शव, पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु