Information is intelligence
HomeNewsमोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जनप्रतिनिधिको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जनप्रतिनिधिको मृत्यु

- Advertisement -spot_img

मोटरसाइकल दुर्घटनामा परी इलामको माङसेबुङ गाउँपालिका-४ का वडा सदस्य धनबहादुर राईको ज्यान गएको छ।

बुधबार दिउँसो ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका माङसेबुङ गाउँपालिका-४ का वडा सदस्य ३६ वर्षीय राईको झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।

मोटरसाइकलबाट घरतर्फ आउँदै गरेका राई दमक-रवि सडक खण्ड अन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभीरबाट अन्दाजी एक सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो।

उनलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु