Information is intelligence
HomeEconomyराष्ट्र बैंकले सार्वजनिक गर्यो मोबाइल एप्लिकेसन, यस्ता छन् विशेषता

राष्ट्र बैंकले सार्वजनिक गर्यो मोबाइल एप्लिकेसन, यस्ता छन् विशेषता

- Advertisement -spot_img

नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । बैंककी डेपुटी गभर्नर डा.नीलम ढुंगानाले हिजो असार ३० गते भर्चुअल माध्यमबाट मोबाइल एप सार्वजनिक गरेकी हुन् ।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरु उक्त मोबाइल एपमा पाइने केन्द्रीय बैंकले जनाएको छ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच पुग्ने बैंकको अपेक्षा रहेको छ । 

उक्त एप हालको ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझाबको आधारमा यसलाई थप परिष्कृत गर्दै लगिने बैंकले जनाएको छ । हाललाई एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । यसलाई क्रमिक रुपमा आइओएस अपरेटिङ सिस्टममा पनि लगिने बैंकको भनाई छ ।

याे लिंक प्रयोग गरी आफ्नो मोबाइलमा इन्स्टल गर्न सक्नुहुन्छ

 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु