Information is intelligence
HomeEconomyनेप्से ११ अङ्कले बढ्दा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

नेप्से ११ अङ्कले बढ्दा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

काठमाण्डाै | नेप्से आज बिहीवार ११ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको छ ।

यस दिन ङादी ग्रुपको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ। रैराङ हाइड्रोको मूल्य ८.९ प्रतिशतले बढ्यो। त्यस्तै गणपती माइक्रोफाइनान्स र मञ्जुश्री फाइनान्सको मूल्य ७.८ तथा लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशतले बढेको छ। गोर्खा फाइनान्सको ५.९, युनाइटेड मोदीको ५.५, नेपाल हाइड्रो डेभलपर्सको ५.३ प्रतिशतले बढेको छ। 

सिभिल लघुवित्त, ओरियन्टल होटल, सोल्टी होटल र युनिलिभर नेपालको मूल्य २ प्रतिशतभन्दा धेरैले घट्यो। 

आज दुई सय २३ कम्पनीका पाँच करोड ८५ लाख कित्ता शेयर आठ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरु

सबैभन्दा बढी गुमाउने कम्पनीहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु