Information is intelligence
HomeEconomyयुनियन लाइफ इन्स्योरेसको आइपिओ आजै बाँडफाँड हुने

युनियन लाइफ इन्स्योरेसको आइपिओ आजै बाँडफाँड हुने

- Advertisement -spot_img

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ आजै अर्थात असार ३१ गते नै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार नेपाल धितोपत्र बोर्रडले आजै अनुमति दिएकाले आजै बाँडफाँड गर्न लागिएकाे हाे ।

क्यापिटलका अनुसार आज साँझ ५ बजेपछि बाँडफाँड हुने भएको हो ।

कम्पनीले  २४ गतेदेखि २८ गतेसम्म  प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । 

जसमा मागभन्दा ५.९१ गुणा बढी आवेदन परेको छ । यसरी हेर्दा आइपिओ हात पार्न भने गाेलाप्रथाकै भर पर्नुपर्ने हुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु