Information is intelligence
HomeEconomyयुनियन लाइफ इन्स्याेरेन्सको आइपिओमा ७० हजार जनाको आवेदन रद्द, यस्ता छन् कारण

युनियन लाइफ इन्स्याेरेन्सको आइपिओमा ७० हजार जनाको आवेदन रद्द, यस्ता छन् कारण

- Advertisement -spot_img

युनियन लाइफ इन्स्योरेन्सको आइपिओमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो । जसमध्ये ७० हजार जनाकाे आइपिओ आवेदन रद्द भएको छ ।

उक्त आवेदन मध्ये दोहोरा आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ । अन्य कारणका सम्बन्धमा नोटबजारले क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीलाई राखेको जिज्ञासामा उनले बैंक खातामा रकम मौज्दात नभएका कारण ६५ हजार १७५ आवेदन रद्ध भएको बताए ।

युनियन लाइफ इन्स्योरेसको आइपिओ आजै बाँडफाँड हुने

यूनियन लाइफको आईपिको सन्दर्भमा एक जानले धेरै जनाको खाताबाट गरेको आवेदनका कारण नै २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको हो । कम्पनीले आफ्ना कर्मचारी र सामुहि लगानी कोषका लागि पाँच पाँच प्रतिशत शेयर सुरक्षित गरेर निष्काशन गरेको ५८ लाख ५ हजार कित्ता शेयर १० कित्ताका दरले ५ लाख ८० हजार ५०० आवेदकले मात्र पाउँछन् । यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।

नेप्से ११ अङ्कले बढ्दा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

प्रभु क्यापिटलले बिहीबार इन्स्योरेन्सको साधारण शेयरको प्रिअलटमेण्ट गरिसकेको छ । बोर्डले स्वीकृति दिएको खण्डमा बिहीबार नै शेयर बाँडफाँड गरि नतिजा सार्वजनिक गरिने प्रभु क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार रिजल्ट्स डट प्रभु क्यापिटल डटकममा नतिजा अपलोड गरिनेछ । नतिजा अपलोड नहुञ्जेल उल्लेखित डोमेनमा सर्भिस टेम्पोरर्ली अनअभाइलेभल देखाउनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु