Information is intelligence
HomeEconomyयुनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस रिजल्ट

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस रिजल्ट

- Advertisement -spot_img

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार साँझ आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीका आईपीओमा आवेदन गरेका २१ लाख १२ हजार ७ सय ९९ योग्य आवेदक मध्ये ५ लाख ८० हजार ५ सय जनाले न्युनतम १० कित्ता सेयर पाएका छन् ।

असार २४ गते देखि २८ गतेसम्म कम्पनीको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लािग निश्कासन गरिएको थियो । कम्पनीको सेयरमा ५.९२ गुणासम्म बढी सेयर माग गर्दै आवेदन परेको थियो ।

कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये सामुहिक लगानी कोषलाई ३ लाख २२ हजार ५ सय कित्ता र कर्मचारीलाई ३ लाख २२ हजार ५ सय कित्ता छुट्याइएको थियो ।

कम्पनीको सेयर बाँडफाँटको नतिजा प्रभु क्यापिटलकाे वेवसाइट  https://www.prabhucapital.com/, सिडिएससिको वेवसाइट  https://iporesult.cdsc.com.np/ , युनियन लाइफ इन्स्योरेन्सको वेवसाइट  https://unionlife.com.np/ बाट समेत नतिजा हेर्न सकिने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु