Information is intelligence
HomeNewsबाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह

बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह

- Advertisement -spot_img

मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आज पनि केही नदीमा पानीको बहाव बढेर बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले विज्ञप्ति निकालेर मनसुनी वायुका कारण वर्षा भइरहेकाले महाकाली, पश्चिम राप्ती, तिनाउ लगायतका नदीमा बाढी आउन सक्ने जनाएको हो ।

यस्तै नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी,कालीगण्डकी लगायतमा बहाब बढ्ने पनि महाशाखाले जनँएको छ । केही नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु