Information is intelligence
HomePoliticsलुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्यायो

लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्यायो

- Advertisement -spot_img

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले लोकान्तरलाई जानकारी दिए । 

यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने चौधरीले बताए ।

उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको हो । ‘

‘कुनै पनि काम एक मिनेट पनि नरोकियोस् भनेर अध्यादेश बिहानै बजेट ल्याएको छ । यो हाम्रो बाध्यकारी अवस्था हो,’ चौधरीले लोकान्तरसँग भने ।

 सदनबाट बजेट पास हुने नदेखेपछि गएराति सरकारले चालू अधिवेशन अन्त्य गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु