Information is intelligence
HomeEconomyएकवर्षे शेयर बजार, रेकर्ड नै रेकर्ड

एकवर्षे शेयर बजार, रेकर्ड नै रेकर्ड

- Advertisement -spot_img

कोरोना महामारीले पछिल्लो दुई वर्ष विश्वभरी नै नराम्राे प्रभाव पार्यो । नेपालमा पनि २ वर्षसम्म सबै क्षेत्र बन्दप्राय रहे । अघिल्लो वर्षकाे लकडाउनमा बन्द रहेको शेयर बजार भने पछिल्लाे समयको निषेधाज्ञामा बन्द भएन । जसको प्रतिफल पनि बजारले प्राप्त गरेको छ ।

अन्य क्षेत्रमा लगानीको अवसर कम भएको र धमाधम नयाँ आइपिओ जारी भइरहेको अवस्थालाई मध्यनजर गरी लगानीकर्ताहरुले शेयर बजारलाई सदुपयाेग गर्न सफल भएका छन् । जसको फलस्वरुप बजारमा नयाँ नयाँ रेकर्डहरुसमेत कायम बनेका छन् ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो कारोबार दिन नेप्से परिसूचक १३९४.७७ विन्दुमा बन्द भएको थियो । अहिले अन्तिम दिन बिहीबार नेप्से सूचक २८८३.३८ मा बन्द भएको छ । यस आर्थिक वर्षको पहिलो र अन्तिम दिनलाई तुलना गर्दा नेप्से सूचक १०६.७३% ले बढेको देखिन्छ ।

याे वर्षकाे सबैभन्दा बढी भने नेप्से ३०२५.८३ विन्दुसम्म पुगेको थियो ।

काराेबार रकममा पनि यो वर्ष नयाँ रेकर्ड कायम भएको छ । गत जेठ  ३० गते कारोबार रकम हालसम्मकै उच्च १९ अर्ब ५५ करोड रुपैयाँ भन्दा धेरै पुगेको थियो ।

यो आर्थिक वर्षमा धमाधम आइपिओ जारी हुँदा डिम्याट अकाउन्ट खोल्नेको संख्या ३१ लाख नाघेकाे छ भने आइपिओमा आवेदन दिनेको संख्या पनि २१ लाख नाघेको छ ।

अघिल्लो वर्षको लकडाउन पछि खुलेको बजारमा अनलाइन कारोबार गर्नेहरुको संख्या पनि उच्चताका साथ बृद्ध भएको छ । नेपाल धिताेपत्र बाेर्डले ब्राेकर कमिसनमा पुनर्विचार गरेपछि पनि कारोबारीमा उत्साह देखिएको छ ।

नयाँ आर्थिक वर्षको सुरुवातमा सरकारको फेरबदलसँगै बजारको अबको यात्रा कता भन्ने बहस पनि सुरु भएको छ । राष्ट्र बैंकले जारी गर्न लागेको नयाँ मौद्रिक नीतिमा पनि सबैको ध्यान अल्झिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु