Information is intelligence
HomePoliticsबुढानिलकण्ठबाट बालुवाटार सरे प्रधानमन्त्री देउवा

बुढानिलकण्ठबाट बालुवाटार सरे प्रधानमन्त्री देउवा

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारमा सरेका छन् ।

गएको मंगलबार नै प्रधानमन्त्री नियुक्त भएका देउवा ज्योतिषको सल्लाह अनुसार शुक्रबार बिहान १० बजेको शुभसाइतमा मात्र निजी निवास बूढानीलकण्ठबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर सरेका हुन् ।

गएको सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने गएको बुधबार बालुवाटारबाट निजी निवास बालकोट सरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु