Information is intelligence
HomeNewsमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

- Advertisement -spot_img

झापाको बुद्धशान्ति गाउँपालिका–३, धाइजनमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबार बेलुकी करिब साढे ७ बजे मे१०प ८८५७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मेचीनगर नगरपालिका–१२ का २२ वर्षीय रमेश राजवंशीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारै राति ११ बजे मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा संलग्न सवारीसाधनसहित चालकलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु