Information is intelligence
HomeInternationalदक्षिण अफ्रिकामा हिंसा : ११७ जनाको मृत्यु,२० हजार सेना परिचालन

दक्षिण अफ्रिकामा हिंसा : ११७ जनाको मृत्यु,२० हजार सेना परिचालन

- Advertisement -spot_img

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल पठाइएपछि भएको प्रदर्शन हिंसात्मक हुँदै गएको छ। प्रहरीसँगको मुठभेडमा हालसम्म ११७ जनाको मृत्यु भइसकेको छ भने कयौं घाइते भएका छन्। २ हार २०० भन्‍दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदर्शन चर्किँदै गएपछि दक्षिण अफ्रिकी सरकारले २० हजार भन्दा बढी सेना परिचालन गर्न निर्देशन दिएको छ। प्रदर्शनलाई नियन्त्रण गर्न र शान्ति व्यवस्था कायम गरि प्रहरीलाई सहयोग गर्न हजारौंको संख्यामा सेना परिचालन गर्ने निर्णय गरिएको हो। सन् १९९४ पछि यति धेरै संख्यामा सेना परिचालन गरिएको हो। सेनासँगै नेशनल डिफेन्स फोर्सलाई समेत सडकमा उतार्ने सरकारले निर्देशन दिइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु