Information is intelligence
HomeSportsओलम्पिकमा सहभागिता जनाउन पुगेका युगान्डाका खेलाडी फरार

ओलम्पिकमा सहभागिता जनाउन पुगेका युगान्डाका खेलाडी फरार

- Advertisement -spot_img

एजेन्सी – जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाउन पुगेका युगान्डाका एक खेलाडी आफ्नो होटेलबाट भागेका छन् । २० वर्षीय भारोत्तोलन खेलाडी जुलिअस सेकितोलेको प्रशिक्षण क्याम्पमा रहेको बेलामा टिम होटेलबाट नै फरार भएका हुन् ।

शुक्रबार गरिएको नियमित कोरोना परिक्षणमा सहभागी नभएपछि उनको कोठामा खोज्न जाँदा उनी त्यहाँ नरहेको थाहा भएको थियो ।

युगान्डाको भारोत्तोलन संघका अध्यक्ष सलिम मुसोकेले जुलिअस प्रतियोगितामा सहभागी हुन अयोग्य रहेपछि केहि दिनमा नै फर्कने तयारीमा थिए । उनलाई उद्घाटन समारोह अघि नै स्वदेश फर्काउने तयारी भइरहेको थियो । तर तीन दिनअघि मात्र आफैं कुरा गरेका खेलाडी गायब हुँदा आफैं आश्चर्यमा परेको मुसोकेले बताएका छन् ।

अध्यक्ष मुसोकेले चाडो भन्दा चाडो उक्त खेलाडीलाई सरकारले खोजेर स्वदेश फर्काउन सहयोग मागेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु