Information is intelligence
HomeNewsएनआरएनएको १०औं विश्व सम्मेलन अक्टोबर अन्तिम साता, अनलाइन प्रणालीबाट मतदान हुने

एनआरएनएको १०औं विश्व सम्मेलन अक्टोबर अन्तिम साता, अनलाइन प्रणालीबाट मतदान हुने

- Advertisement -spot_img

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औं विश्व सम्मेलन र साधारणसभा आगामी अक्टोबर २३ देखि २५ सम्म आयोजना गरिने भएको छ।

एनआरएनको ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।सम्मलेन र साधारणसभा आयोजना गर्न एनआरएनएका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने एनआरएनएले जनाएको छ।“अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ”, एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उम्मेदवारको चर्को मनोनयन शुल्क

निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै हुने भएको छ।

अध्यक्षका लागि १० लाख रुपैयाँ, उपाध्यक्षहरु तथा महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख, सह-कोषाध्यक्ष ४ लाख रुपैयाँ यसपटक पनि कायम नै रहने भएको हो।

महिला तथा युवा संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय संयोजक तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय उप-संयोजकका लागि दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजक दुई लाख ५० हजार रुपैयाँ र आईसीसी सदस्यहरुका लागि एक लाख रुपैयाँ उम्मेदवार मनोनयन दर्ता शुल्क तोकिएको छ।

मध्यम वर्गका एनआरएनहरुको मुख्य पदमा रही काम गर्ने अभिलाषा रहेपनि दर्ता शुल्क चर्को भएका कारण बन्चित रहेको गुनासो सुनिदै आएको थियो । संघको नवौ महाधिवेशनदेखि उम्मेदवार मनोनयन शुल्क दोब्बर गरिएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु