Information is intelligence
HomeSportsलामो समय मैदान बाहिर रहेका जेमिनेज मैदान फर्किए

लामो समय मैदान बाहिर रहेका जेमिनेज मैदान फर्किए

- Advertisement -spot_img

उल्भ्सका फरवार्ड राउल जेमिनेज चोटबाट मुक्त हुँदै मैदान फर्किएका छन् । टाउकोमा लागेको चोटको कारण जेमिनेज लामो समय मैदान बाहिर रहेका थिए ।

तर, प्रि-सिजन तयारी अन्तर्गत आज हुने  क्रु अलेक्जान्ड्राविरुद्धको मैत्रीपूर्ण खेलबाट जेमिनेज मैदान फर्किने भएका हुन् ।

लिग वान क्लबविरुद्ध खेल्ने उल्भ्सको टिममा जेमिनेज सुरुवाती-११ मा परेका छन् । जेमिनेज २ सय ३० दिनपछि मैदान फर्किएका हुन् । गत सिजन आर्सनलविरुद्धको खेलमा जेमिनेजले टाउकोको चोट बोकेका थिए ।

कर्नर बलमा हेड गर्ने क्रममा आर्सनलका डेभिड लुइजसँग जुध्न पुग्दा उनको टाउकोमा चोट लागेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु