Information is intelligence
HomeNews४९ दशमलव २० प्रतिशत मुद्दा फछ्र्यौट

४९ दशमलव २० प्रतिशत मुद्दा फछ्र्यौट

- Advertisement -spot_img

जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्दा गरेको छ ।

अदालतले आर्थिक वर्ष २०७७/०७८ मा कूल तीन हजार ५४२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकामा गत असार २५ गते सम्ममा एक हजार ७४३ मुद्दा मात्र फछ्र्यौट गर्न सफल भएको जिल्ला न्यायाधीश दीपककुमार खरेलले बताए ।

यसरी फछ्र्यौट भएका मुद्दामा सरल प्रकृतिका ६७१, सामान्य प्रकृतिका ४०, विशेष प्रकृतिका १ र मार्ग समूहमा नपर्ने डिसिएम लागू हुनुपूर्वको मुद्दाको सङ्ख्या एक हजार ३१ रहेका छन् ।

यसैगरी अदालतले सो अवधिमा रु ४३ लाख ९७ हजार १५९ जरिवाना र ४५९ वर्ष दुई महिना तीन दिन कैद असुल गर्न सफल भएको जिल्ला न्यायाधीश खरेलले जानकारी दिए । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु