Information is intelligence
HomeNewsसंवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

- Advertisement -spot_img

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको छ ।

राष्ट्रपति विध्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज प्राप्त पत्रानुसार मन्त्रिपरिषद्को यही साउन २ गतेको निर्णय एवं सिफारिस नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम उक्त अध्यादेश खारेज गरेका हुन् । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा उक्त अध्यादेश खारेज भएको उल्लेख छ ।(रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु