Information is intelligence
HomeEconomyप्रभु इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा, यस्ता शेयरधनीको बोनस खातामा नआउने

प्रभु इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा, यस्ता शेयरधनीको बोनस खातामा नआउने

- Advertisement -spot_img

 प्रभु इन्सुरेन्सले १०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले वैशाख २५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । वैशाख २५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।  

 तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको जेठ ६ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु