Information is intelligence
HomeNewsपार्टीको बैठक बालुवाटारमा नबस्ने

पार्टीको बैठक बालुवाटारमा नबस्ने

- Advertisement -spot_img

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारको सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने भएका छन् ।

कांग्रेस युवा नेता गगन थापाले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएका हुन् । आफूहरुले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेको र त्यसलाई देउवाले स्वीकार गरेको थापाको भनाई छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको सरकारी निवासलाई पार्टी कार्यालय जस्तो बनाएको भनेर आलोचना हुने गरेको थियो । ओलीले पार्टीका सबै बैठक र भेलासमेत बालुवाटारमै गर्दै आएका थिए ।

दुई दिनअघि प्रधानमन्त्री देउवाले पनि बालुवाटारमा पार्टीको बैठक राखेपछि धेरैले देउवाले पनि ओलीकै क्रियाकलापलाई निरन्तरताा दिन थालेको भन्दै आलोचना गरेका थिए ।

थापाले यो प्रतिवद्धता र विश्वासलाई कायम राखिदिन पनि देउवालाई आग्रह गरेका छन्। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु