Information is intelligence
HomeNewsपेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

- Advertisement -spot_img

कपिलवस्तु : पेस्तोलसहित प्रहरीले कपिलवस्तु नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका–११ स्थित जहदी चोकबाट अमेरिकन पेस्तोलसहित जदही चोक घर भएका मातेश्वरप्रसाद यादव उर्फ ‘मन्नु’लाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ३६ वर्षीय मन्नुको साथबाट पेस्तोल एक थान, म्याग्जिन र चार राउण्ड गोली बरामद गरिएको छ ।

हतियार र लागुऔषध बेच्ने धन्दामा सक्रिय यादव यसअघि पनि दुईपटक पक्राउ परेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु