Information is intelligence
HomeNewsहेटौँडामा अत्याधुनिक बस टर्मिनल

हेटौँडामा अत्याधुनिक बस टर्मिनल

- Advertisement -spot_img

वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क) निर्माणले तीव्ररूप लिएको छ । गत आर्थिक वर्ष ०७७/०७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर महतले बताए ।

हेटौँडा–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको हो । कूल रु ३५ करोड लागतमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी रसुवा आशिष जेभी निर्माण सेवालाई जिम्मा दिइएको उपमहानगरप्रमुख महतले बताए । सुन्दर बसपार्कसहितको व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको छ । तीन तल्ला संरचनामा निर्माण सम्पन्न हुने कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको हो । बहुवर्षीय योजनाअनुसार बसपार्क निर्माणको काम भएको हो । (रा स स)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु