Information is intelligence
HomeNewsडोजर दुर्घटनामा मृत्यु

डोजर दुर्घटनामा मृत्यु

- Advertisement -spot_img

अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । ठाँटीबाट खाँटतर्फ गइरहेको उक्त डोजर आज कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको बताइएको छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु