Information is intelligence
HomeEconomyसुनको मूल्य वृद्धि, चाँदीको मूल्यमा गिरावट

सुनको मूल्य वृद्धि, चाँदीको मूल्यमा गिरावट

- Advertisement -spot_img

आज सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको ५ रुपैँयाले घटेको हो ।  

हिजो आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैँयामा कारोबार भएकोमा आज सोमबार ९२ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।  
सोही परिमाणको तेजावी सुनलाई भने आज ९२ हजार ३०० सय रुपैयाँ पर्नेछ । तेजावी सुन हिजो आइतबार  प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको भाउ पनि घटेर  एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु