Information is intelligence
HomeNewsबौद्धबाट ५ जना जुवाडे पक्राउ

बौद्धबाट ५ जना जुवाडे पक्राउ

- Advertisement -spot_img

काठमाडौंको बौद्ध स्थित तिनचुली बिगमार्ट नजिकैबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी घर भएकी ३५ वर्षीया तारा थापासहित पाँच जना छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित वीरेन्द्र लामाको घरमा सञ्चालित सो जुवा खालबाट ४० हजार नगद र ३ बुक तास बरामद गरेको छ । हारजित हुनेगरी जुवा खेल्नेहरूमाथि मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु