Information is intelligence
HomeLife Styleबाक्लो दाह्रीका लागि आवश्यक ५ कुरा

बाक्लो दाह्रीका लागि आवश्यक ५ कुरा

- Advertisement -spot_img

काठमाडौं– पुरुषहरुले दाह्री पाल्ने चलन वर्षौं पुरानो हो ।

यद्यपि, अहिले युवाहरुमा बाक्लो दाह्री राख्ने फेसन लोकप्रिय छ । आफ्नो दाह्रीलाई स्वस्थ्य र बाक्लो बनाउनका लागि पुरुषले श्याम्पू र यसको स्टाइलमा ध्यान दिन्छन् । तर, दाह्रीलाई स्वस्थ्य बनाउनका लागि भित्रबाट पोषण दिनु अति आवश्यक छ ।

बाक्लो दाह्रीका लागि कस्तो पोषक तत्व आवश्यक पर्छ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा केही जानकारी :

दाह्रीका लागि पोषक तत्व
दाह्रीलाई सुन्दर बनाउनका लागि निम्न लिखित पोषक तत्वको आवश्यक पर्छ ।

दाह्रीका लागि भिटामिन सी
छाला र कपालका लागि भिटामिन सी अत्यधिक आवश्यक पर्ने कुरा हो । यो एउटा एन्टिअक्सिडेन्ट हो, जसले कपाललाई हाइड्रेट राख्न सहयोग गर्छ । त्यसैले हामीले आफ्नो भोजनमा कागती, सुन्तला, अंगूर जस्ता फलफुल समावेश गर्नु पर्छ ।

दाह्री बलियो र लामो बनाउनका लागि भिटामिन ए
दाह्री बलियो र लामो बनाउनका लागि भिटामिन ए को आवश्यक पर्छ, जसका लागि भोजनमा अण्डा, गाजर, पालुंगो, पनीर, केरा, शखरखण्ड आदि समावेश गर्न सकिन्छ । भिटामिन ए छालाको कोषिकालाई रिपेयर गर्न सहयोग पुऱ्याउँछ ।

ओमेगा ३
ओमेगा ३ एउटा महत्वपूर्ण पोषक तत्व हो, जसले दाह्रीको रौंलाई जरैबाट बलियो बनाउँछ । यसले रौँलाई जराबाटै रक्त प्रवाहलाई तिव्र बनार्उछ, जसले रौँ असामान्य रुपले टुक्रँदैन र दाह्री पनि बाक्लो हुन्छ । साल्मन, ट्यूना आदि माछाहरुबाट ओमेगा ३ पाउन सकिन्छ ।

प्रोटीन
हाम्रो मांसपेशिसंगै रौँका लागि पनि प्रोटीन अत्यावश्यक हुन्छ । किनभने रौँ प्रोटीनबाट बन्छ । यसको कमीले रौँ कमजोर र सुख्खा हुन्छ । प्रोटीन प्राप्त गर्नका लागि भोजनमा माछा, मुसुरोको दाल, अण्डा, डेयरी उत्पादन,मासु आदिको सेवन गर्नु पर्छ ।

दाह्रीको विकासका लागि जिन्क
दाह्रीको विकासका लागि जिन्कको सेवन सहयोगी हुन्छ । किनभने यसले रौँको विकासमा सहयोग प्रदान गर्छ । जिन्क प्राप्त गर्नका लागि भोजनमा हरीयो सागपात र तरकारी, अण्डा आदि समावेश गर्नु पर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु