Information is intelligence
HomeHealthनेपाल एयरलाइन्स खोप लिन तीन दिन चीन जाँदै

नेपाल एयरलाइन्स खोप लिन तीन दिन चीन जाँदै

- Advertisement -spot_img

काठमाडौं | नेपालले खरिद गरेको ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने भएको छ । नेपाल एयरलाइन्स आगामी बुधबार, बिहीबार र शनिबार खोप लिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । यसअघि पहिलोपटक असार २५ गते ८ लाख डाेज खोप ल्याइसकेको छ ।

निगम प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमको विमान बुधबार गएर बिहीबार फर्कने, बिहीबार गएर शुक्रबार फर्कने र शनिबार गएर आइतबार फर्कने तालिका तय भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु