Information is intelligence
HomeEconomyकुवेतबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

कुवेतबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

- Advertisement -spot_img

ईसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीलाई रेमिट्यान्स पठाउन अझ सहज भएको ईसेवाले जनाएकाे छ ।

कुवेतमा रहेका नेपालीले कुवेत इण्डिया इन्टरनेशनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स पठाउन सकिन्छ ।

मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्ने जनाइएकाे छ । उक्त रकम नेपालमा रहेका ईसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै ईसेवा खातामा लोड गर्न पनि सकिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु