Information is intelligence
HomeEconomy७६ लाख कित्ता आइपिओका लागि नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृति प्रदान, कुन कुन...

७६ लाख कित्ता आइपिओका लागि नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृति प्रदान, कुन कुन कम्पनीले पाए अनुमति ?

- Advertisement -spot_img

नेपाल धितोपत्र बोर्डले तीन कम्पनीलाई आइपिओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । श्रावण ४ गते नै तीनै कम्पनीहरुले अनुमति पाएका हुन् ।

ती कम्पनीहरुमा सानिमा लाइफ इन्स्योरेन्स , मानुसी लघुवित्त र सामलिङ पावर लिमिटेड रहेका छन् ।

सिडिएससिले अपडेट गर्यो मेरो शेयर एप्लिकेशन, के के फिचर्स थपिए ?

सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता , मानुसी लघुवित्तले ३ लाख ९३ हजार ७ सय ५० कित्ता र सामलिङ पावर लिमिटेडले १२ लाख ३० हजार कित्ता आइपिओ जारी गर्नका लागि अनुमति पाएका हुन् ।

अब बाँकि प्रकृया पुरा गरेर चाँडै नै आइपिओ जारी गरिने तीनै कम्पनीहरुले जनाएका छन् ।

अब मेरो शेयरबाटै छुट्याउन सकिन्छ काराेबारी र लगानीकर्ता, यसरी छुट्याउनुहोस

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, मानुसी लघुवित्तको आइपिओ बिक्री प्रबन्धकमा नेपाल एस बि आइ मर्चेन्ट र सामलिङ पावरको आइपिओ बिक्री प्रबन्धका नेपाल एस बि आइ मर्चेन्ट ने रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु