Information is intelligence
HomeNewsमोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

- Advertisement -spot_img

दमक : मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएका थिए । ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइ फलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु