Information is intelligence
HomeNewsदाङमा रोपियो ९ हजार बाँस

दाङमा रोपियो ९ हजार बाँस

- Advertisement -spot_img

दाङमा ९ हजार बाँसका विरूवा रोपण गरिएको छ।

घोराही उपमहानगरपालिकाका ६, तुलसीपुर उपमहानगरपालिकाका, बबई गाउँपालिकाका ३ र दंगिशरणका गाउँपालिकाका एउटा सामुदायिक वन क्षेत्रमा बाँस रोपिएको छ।

प्रति दुई मिटरको दुरीमा बाँस रोपिएको छ। एक किलोमिटरमा करिब पाँच सय बाँस रोपिएको छ।

तारबारसहित यो वर्ष ९ हजार बाँस रोपिएको हो। जस्का लागि खरिद, संकलन र ढुवानी खर्च वापत प्रति राइजोम (बाँसको गाना) बापत दुई सय रुपैयाँ कार्यालयले बाँस रोप्ने सामुदायिक वन समूहलाई प्रदान गरेको छ ।

डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्दै वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोप्ने अभियान चलाइएको बताए।

दाङका १२ वटा सामुदायिक वन क्षेत्रको करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको उनले जानकारी दिए। लुम्विनी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तगत दाङको उच्च जोखिम क्षेत्रमा बाँस रोपिएको हो।

बस्ती नजिकको वन क्षेत्र बर्षेनी अतिक्रमण हुने, बन्यजन्तु मानव बस्तिमा आएर मानवीय र धनजनको क्षती पुर्‍याउन थालेपछि त्यसको रोकथाममा सहयोग पुगोस् भनेर बाँस रोपिएको कार्यालयले जनाएको छ।

बाँस चाँडै हुर्कने हुँदा वन र बस्तीबीचको स्थायी सीमाको काम गर्ने गर्छ। त्यस्तै बाँस बहुउपयोगी भएकाले किसानहरुले त्यसमार्फत् आयआर्जन गर्न सक्ने, वन क्षेत्रको वरिपरिका बस्तीले बर्षेनी आफ्नो सीमा बढाउँदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य न्यूनिकरण हुने आशा गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु