Information is intelligence
HomeNewsमोटरसाइकलमाथि भेटियो वृद्धको शव

मोटरसाइकलमाथि भेटियो वृद्धको शव

- Advertisement -spot_img

विराटनगर : विराटनगरमा स्टेण्ड लगाएर रोकिराखेको मोटरसाइकलमाथि एक जना वृद्ध पुरुषको शव भेटिएको छ। कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–५ स्थित नेपाल विद्युत प्राधिकरणअगाडि सडकको पश्चिमतर्फ रोकेर राखिएजस्तो देखिने को ४ प २३१६ नम्बरको मोटरसाइकलमाथि पुरुषलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार मृतक विराटनगर–५ मुनालपथका ६७ वर्षीय सुदर्शन शर्मा न्यौपाने हुन् ।

मोटरसाइकलको ट्यांकीमाथि टाउको अड्याएर सुतेजस्तो देखिएको अवस्थामा न्यौपानेलाई राति ८:३० बजेतिर मृत फेला पारिएको उनको भनाइ छ। ‘घटनास्थलको अवस्था हेर्दा स्टेण्ड लगाएको मोटरसाइकलमाथि सुतेर आराम गरेजस्तो देखिन्थ्यो,’ जिसीले भने,‘स्वास्थ्यमा कुनै समस्या आएर आराम गर्ने क्रममा मोटरसाइकलमाथि नै मृत्यु भएको हुनसक्छ।’
जिसीका अनुसार मोटरसाइकल न्यौपानेकै भएको खुलेको छ। ‘मोटरसाइकल चलाउन खोजेजस्तो ‘पोजिसन’मा शव भेटिएको हो,’ उनले भने, ‘त्यति बेला विराटनगरमा भीषण वर्षा भइरहेको थियो।’

शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको वास्तविकता बाहिर आउने प्रहरीको भनाइ छ। मृत्युको कारण प्रष्ट हुन बाँकी रहेको जिसीले बताए। घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु