Information is intelligence
HomeNewsजबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त पक्राउ

- Advertisement -spot_img

सुर्खेत : जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद फैसला भएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१ बस्ने ३७ बर्षीय मदन विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ।

फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ गरिएको डीएसपी घर्तीलेले जनाए । अहिले उनलाई कारागार चलान गरिसकिएको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु