Information is intelligence
HomeNewsकरेन्ट लागेर पुजारीको मृत्यु

करेन्ट लागेर पुजारीको मृत्यु

- Advertisement -spot_img

सर्लाहीको बसवरियामा करेन्ट लागेर एक पुजारीको मृत्यु भएको छ । बसवरिया गाउँपालिका–६, सोहडवा स्थित राम जानकी मन्दिरका पुजारी अन्दाजी ६० वर्षीय किशोरी दाश बैरागीको करेन्ट लागेर मृत्यु भएको हो । मन्दिरको बरण्डामा भजन किर्तनका लागि माइकमा तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रत्यक्षदर्शीको भनाई छ ।

करेन्ट लागे लगतै स्थानीयले प्रहरीलाई खवर गरेका थिए । पुजारी दाशको घटनास्थमै ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव आफन्तको जिम्मा लगाइएको छ । जिल्लाको बिष्णु गाउँपालिका–८, बक्रौल घर भएका दाश विगत ४५ वर्षदेखि उक्त मन्दिरमा पुजारीको रुपमा रहँदै आएका थिए ।

घटनाको थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु