Information is intelligence
HomeInternationalमाेदीकाे आलोचना गर्ने आजतकका पत्रकार कामबाट हटाइए

माेदीकाे आलोचना गर्ने आजतकका पत्रकार कामबाट हटाइए

- Advertisement -spot_img

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका पत्रकारलाइ आजतकका कामबाट हटाएकाे छ ।

श्याम मीरा सिंह आजतक समाचार च्यानलको अनलाइन एडिसनमा डिसेम्बर २०२० देखि काम गर्दै आएका थिए ।

इन्डिया टुडे ग्रुपद्वारा सञ्चालित आजतकमा पत्रकार सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै पोस्ट गरेको ट्वीटका कारण कामबाट निकालिएको बताएका छन् ।

उनले आजतक कम्पनीले ग्रुपको सोसल मिडिया नीतिको उल्लंघन गरेको भनी आफूलाई कामबाट निकालेको जनाएका छन् ।

द वायरले उनलाई यसबारे सोधखोज गर्दा आफूले नागरिकको रूपमा अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिसको निधनमा प्रधानमन्त्री मोदीले ट्वीटरमा श्रद्धाञ्जली व्यक्त नगरेकोमा लाज नभएको व्यक्तिको रूपमा आलोचना गरेको उनले जनाएका छन् ।

पत्रकारितमा राम्रो काम गरेका फोटो पत्रकारको बारेमा शोक व्यक्त नगरेकाले आफूले माेदीकाे आलोचना गरेको उनले जनाएका छन् । आफूलाई कुनै कारबाही पक्रिया पूरा नगरी एउटा इमेल गरी आजतकले हटाएको पत्रकार सिंहले जनाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु