Information is intelligence
HomeNewsचन्द्रनहर भत्कियो

चन्द्रनहर भत्कियो

- Advertisement -spot_img

राजविराज : अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ । अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्याएको छ ।

नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए । उनका अनुसार नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिव ३०० घरसमेत डुबानमा परेको छ । ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ ।

यस्तै जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन् । तिलाठी कोइलाडी –७ को मन्सापुर र वडा नं– ५ को बरसाइनका करीब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए ।चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु