Information is intelligence
HomeNewsप्रतिबन्धित औषधिसहित युवक पक्राउ

प्रतिबन्धित औषधिसहित युवक पक्राउ

- Advertisement -spot_img

विराटनगर : प्रतिबन्धित औषधि ट्रामाडोल र स्पास्पाइनसहित एक युवकलाई प्रहरीले मोरङको उर्लाबारी नगरपालिकाबाट पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार सोमबार राति साढे ९ बजे २९ वर्षीय कोपवन राईलाई मुलुकमा प्रतिबन्धित दुवै औषधिको ठूलो परिमाणसहित पक्राउ गरेको हो।

प्रहरी निरीक्षक राजाराम खड्काले पक्राउ परेका राईको साथबाट ट्रामाडोल १ हजार ३ सय र स्पास्पाइन १ हजार ३ सय चक्की बरामद गरेको जानकारी दिए।

भोजपुर हतुवागढी गाँउपालिका घर भएका राईलाई प्रहरीले राति उर्लाबारी नगरपालिका ५ स्थित स्कुलडाँडाबाट पक्राउ गरेको हो।

उनी हाल बेलबारी नगरपालिकाको लालभित्तीमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रतिबन्धित दुवै औषधि मिसाएर सेवन गर्दा नशा दिने भएको हुँदा लागुऔषधका दुब्र्यवसनीको रोजाईमा पर्दै आएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु