Information is intelligence
HomeNewsविश्वास नेपाल संस्थाद्वारा श्रमिकहरुका लागि जागरणमुलक कार्यक्रम

विश्वास नेपाल संस्थाद्वारा श्रमिकहरुका लागि जागरणमुलक कार्यक्रम

- Advertisement -spot_img

५ साउन २०७८ , काठमाण्डौं| विश्वास नेपाल संस्थाले मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकको सशक्तिकरणका लागि श्रमिकको राष्ट्रिय भेला र ३७ वटा जागरणमुलक कार्यक्रम काठमाण्डौंमा सम्पन्न गरेको छ । संस्थाले सम्मान परियोजना अन्र्तगत भएका कामको प्रगति विवरण पनि सार्वजनिक गरेको थियो ।

सोही कार्यक्रममा ‘हाम्रो सम्मान’ परियोजना मार्फत विश्वास नेपालले यस क्षेत्रमा कार्यरत श्रमिकहरूको राष्ट्रिय भेलाको आयोजना गरी ‘मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकहरूको सञ्जालको गठन गरेको हो ।

यस कार्यक्रममा परियोजना संयोजक विवेक शर्माले संस्थाले तालिम दिएर पठाएका श्रमिकहरुले मनोरञ्जन क्षेत्रमा कार्यरत व्यवसायी र श्रमिकको हक हित, काम र कर्तव्यका बारेमा देशभर ३७ वटा कार्यक्रम सम्पन्न गरेको, श्रमिकको देशव्यापी भेलाको आयोजना गरेर राष्ट्रिय सञ्जालको गठन गरिएको बताए ।

साथै उनले संस्थाले यस क्षेत्रको रोजगारीलाई मर्यादित बनाउँदै श्रमिकको जीवन जोखिममुक्त बनाउन सशक्तिकरण गर्दै लैजाने लक्ष्य सहित विविध कार्यक्रम सञ्चालन गरिरहेको कुरामा पनि जोड दिएका थिए ।

यस संस्था मार्फत कोरोना भाइरस संक्रमणको कारण व्यवसाय ठप्प हुँदा त्यसबाट प्रभावित चारसय श्रमिक परिवारलाई राहत प्रदान गरिएको बताउदै दोहोरी साँझ, रेष्टुरेन्ट बार, पव, मसाज पार्लरलगायतका व्यवसायमा उपलब्ध रोजगारीलाई सम्मानित, मर्यादित बनाउन विश्वास नेपालले वि.स. २०६५ देखि श्रमिकलाई निरन्तर पैरवी, मनोपरामर्श, रचनात्मक क्रियाकलाप र अनुगमन सहित मिलन केन्द्रको अवधारणा पनि ल्याएको कुरा पनि आयोजक संस्थाले कार्यक्रम जानकारी गराएको थियो ।

संस्थाका कार्यकारी निर्देशक बालकुमारी आलेले विशेष गरी साँझ देखि रातको समयमा मात्र सञ्चालन हुने यस व्यवसायमा काम गर्ने श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउन संस्थाले काम गरिरहेको पनि बताएका थिए भने संस्थाका अध्यक्ष तारा भण्डारीले देशभर ८ लाख जना श्रमिकले रोजगारी पाएको यस क्षेत्रलाई मर्यादित बनाउन सके वैदेशिक रोजगारीको नाममा नेपाली मानव बेचविखनमा पर्ने सम्भावनालाई न्यूनीकरण गर्न सकिने बताउदै यस सवालमा राज्यको ध्यान जानु पर्ने बताइन । उक्त कार्यक्रममा संस्थाले मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकहरूको हक हित र अधिकारको लागि छुट्टै कार्यविधि आवश्यक भएको भन्दै वकालत गरिएको कार्यविधिको नमुना गृहमन्त्रालयमा पेश गरेको पनि जानकारी गराइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु