Information is intelligence
HomePoliticsदेउवा भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

देउवा भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

- Advertisement -spot_img

काठमाडाैँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन् ।

महन्थ ठाकुर पक्षले गत साउन ३ गते प्रतिनिधिसभामा अन्तिम समयमा देउवालाई विश्वासको दिएको थियो । आफ्ना माग पूरा गर्ने सर्तमा विश्वासको मत दिएको ठाकुर पक्ष आज सोही विषयमा कुरा गर्न बालुवाटार पुगेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सम्झौता पालना गर्न आग्रह गर्दै अध्यक्ष ठाकुर बालुवाटार पुगेका हुन् ।

त्यस्तै ठाकुर पक्ष पनि सरकारमा सहभागी हुन सक्ने आँकलन गरिएको छ । आजको भेटमा सरकारका विषयमासमेत छलफल हुने बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु