Information is intelligence
HomeEntertainment & Artsजज परिवर्तन गरेर नेपाल आइडल पुनः सुरु हुने

जज परिवर्तन गरेर नेपाल आइडल पुनः सुरु हुने

- Advertisement -spot_img

काठमाडौँ : गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि सुरु हुने भएको छ । शो’का निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै सुरु हुने बताएका हुन् ।

फ़्रेन्चाइजका लागि ३ वर्षको अनुमति सकिएपछि शोको विषयमा अन्यौलता छाएको थियो । अहिले मौखिक सहमति भएको र लिखित सम्झौता पश्चात् शो सुरु गर्ने टिमको तयारी छ । यसको लागि निर्देशक पौडेल आशावादी रहेका छन् ।

अबको सिजनमा जज (निर्णायक) भने परिवर्तन हुने छन् । पहिलेका जजहरू अन्य काममा व्यस्त रहेको कारण जज परिवर्तन गर्न लागिएको हो । साङ्गीतिक क्षेत्रका अन्य ख्यातिप्राप्त सङ्गीतकर्मीलाई जज राख्ने टिमको तयारी छ ।

यसअघिका सिजनमा न्ह्यु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी जजको रूपमा रहेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु