Information is intelligence
HomeNews८१ किलो गाँजा सहित राक्सिराङका नेगी पक्राउ

८१ किलो गाँजा सहित राक्सिराङका नेगी पक्राउ

- Advertisement -spot_img

हेटौंडा : मकवानपुर प्रहरीले ठुलो मात्रामा गाँजा सहित एक जना पक्राउ गरेको छ ।

बुधबार बिहानको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलिले मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा रोकेर राखेको ना ८ ख ८२८४ नम्बरको ट्रकमा ८१ किलो ३५० गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायक उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

प्रहरीले गाँजा सहित ट्रक चालक मकवानपुरको राक्सिराङका ४२ वर्षका बाबुराम नेगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु