Information is intelligence
HomeInternationalभारतमा संक्रमितको संख्या फेरि बढ्दै

भारतमा संक्रमितको संख्या फेरि बढ्दै

- Advertisement -spot_img

भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । मंगलबार ४२ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ८५७ जना निको भएका छन् । यही अवधिमा थप ३ हजार ९९८ जनाले ज्यान गुमाएका छन् ।

यद्यपि, यो संख्या महाराष्ट्रले यसअघि ज्यान गुमाएकाहरुको संख्या थप गरेपछि बढी देखिएको थियो । त्यहाँ पछिल्लो दिन १४७ जनाको मृत्यु भएको थियो भने ३ हजार ५०९ जनाको पुरानो मृत्युको संख्या थप गरिएको थियो । यसअघि ९ जुनमा पनि बिहानमा पनि पुरानो मृत्युको आँकडा थप गरिएको थियो । सो दिन एकै दिन ६ हजार १३९ जनाको मृत्युको संख्या थपिएको थियो ।

भारतमा हालसम्म ३.१२ करोड संक्रमित भइसकेका छन् भने ३.०३ करोड निको पनि भएका छन् । हालसम्म भारतमा ४.१८ लाखको मृत्यु भइसकेको छ । हाल ४.०१ लाख जनसंख्या उपचाररत रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु